मारिओपोलमा पक्रा परेका एक हजारभन्दा बढी युक्रेनी सैनिकलाई रुसमा सारिएको बताइएको छ। रुसी समाचार निकाय इतार तासले यस बारेमा जानकारी दिएको छ। यसबारे युक्रेनले आफ्नो धारण सार्वजनिक गरेको छैन्। आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशले स्वतन्त्रतापछिकै ठूलो जटिलता सामना गर्नसक्ने बताएका छन्। यसैबीच, म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटलाईट तस्वीरमा पूर्वी युक्रेनी सहर सेभेरोदोनेत्स्कमा ठूलो क्षति भएको देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ। पछिल्लो समयमा रुसी सेनाको सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित भएको छ।