सालबारी: सूर्या फाण्डेसन एक सामाजिक संस्था हो जसले गाउँ विकासको निम्ति उद्देश्य राखेर देशभरि नै विभिन्न कार्यक्रम गर्ने गर्दछ। यसले समय समयमा विभिन्न जनचेतनामूलक अभियानहरू जस्तै वृक्षरोपण, नशामुक्ति रैली, स्वच्छता अभियान साथै गाउँका वृध्द वृद्धाहरूलाई सम्मान् आदि जस्ता जनचेतनामूलक एवं सामाजिक कार्यहरू गर्दै आईरहेका छन्।
हालै सालबारी पत्थरघट्टास्थित शारदा शिशु तीर्थ विद्यालयमा खरसाङ, सिलगढी, दार्जिलिङ अनि कालेबुङका सूर्या फाण्डेसनका जम्मा ४० जना शिक्षकहरूलाई लिएर दुई दिवसीय शिविरको आयोजना गरियो। उक्त शिविरको उद्घाटन सत्रमा मतिगडा – नक्सलबारीको विधायक आनन्द मय बर्मन, राजेन सुवेदी आरएसएस प्रान्त सामाजिक सदभवना प्रमुख लगायत शारदा शिशु तीर्थ विद्यालयको प्रधानाचार्य हिरेन्द नाथ दासको प्रमुख उपस्थिति रहेको थियो। उक्त शिविरको पहिलो दिन म्याप रिडिङ, कबाड से जुगाड आदि बिषयहरूमाथि कार्यशाला सम्पन्न गरिएको थियो भने शिविरको दोस्रो दिनमा बिक्षान (science) को प्रयोग माटोबाट खेलाउना बनाउने आदि विषयमा चर्चा गरिएको थियो।

साथै यी कार्यशालामा चर्चा भएका विषयहरू आगामी दिनमा हुने लघु व्यक्तित्व शिविरको निम्ति संस्कार केन्द्र नानीहरूलाई सिकाउने शिकक्षहरू समक्ष जोन उप चिफ बिनोद महोताले अपिल गरेका थिए। यसको साथै उक्त दुई दिवसीय शिविरमा दार्जिलिङ जोन उप प्रमुख बिनोद कुमार महतो, कमल दाहाल, मिलन शर्मा, सन्जय लिम्बु, गौतम बिश्वासले शिकक्षहरूलाई मार्गदशन गरेका थिए भनी तीनधारेबाट योगेन्द्र छेत्रीले जानकारी गराएका छन्।