मुम्बई: जान्हवी कपुर अहिले बलिउडकी सुन्दर अभिनेत्रीहरु मध्येमा एक हुन्। उनी स्टाइल र फेसनका लागि सधै चर्चामा रहन्छिन्। अभिनेता वरुण धवनसँगको आउँदो फिल्मको सुटिङका लागि अहिले उनी बर्लिनमा छिन्। उनको चलचित्रको नाम ‘बावल’ रहेको छ। यस सुन्दर देशमा सुटिङका साथसाथै फिल्मका स्टारहरु पनि त्यहाँ रमाइलो गरिरहेका छन्। अभिनेताहरूले आफ्ना तस्वीरहरू मानिसहरूसँग सेयर गरिरहेका छन्, जसलाई फ्यानहरूले धेरै मन पराइरहेका छन्। हालै जान्हवी कपुरले आफ्ना केही तस्वीर फ्यानसँग सेयर गरेकी छिन्, जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्।