४ अप्रेलः राष्ट्रमण्डल खेलहरूमा दुईपल्टकी च्याम्पियन भारतीय वेटलिफ्टर सञ्जीता चानूमाथि गत वर्ष डोप टेस्टमा असफल भएको कारण राष्ट्रिय डोपिंग रोधी एजेन्सी (नाडा)-ले ४ सालको प्रतिबन्ध लगायो। गुजरातमा गत वर्ष सेप्टेम्बर-अक्टोबरमा राष्ट्रिय खेलहरूको अवधि गरिएको टेस्टमा सञ्जीतालाई एनाबलिक स्टेरोयड ड्रोस्टानोलोन मेटाबोलाइटको निम्ति पोजिटिभ पाइयो, जुन विश्व डोपिंग रोधी एजेन्सी (वाडा)-द्वारा जारी प्रतिबन्धित पदार्थहरूका सूचीमा सामेल छ। भारतीय भारोत्तोलन महासंघका अध्यक्ष सहदेव यादवले सञ्जीतामाथि ४ सालको प्रतिबन्ध लगाइएको पुष्टि गरे। यसरी अब सञ्जीताले राष्ट्रिय खेलहरूमा जितेको रजत पदक पनि फिर्ता लिइनेछ। सञ्जीताले २०१४-मा ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा ४८ किग्रा वर्ग अनि चार सालपछि गोल्ड कोस्टमा ५३ किग्रा वर्गमा स्वर्ण पदक जितेकी थिइन्। मणिपुरकी यस खेलाड़ीसँग प्रतिबन्ध विरुद्ध अपील गर्ने विकल्प चाहिँ रहनेछ। उल्लेखनीय छ, सञ्जीतालाई यसअघि २०१७-मा पनि अमेरिकामा विश्व च्याम्पियनशीप अघि एनाबलिक स्टेरोयड टेस्टोस्टेरोनको निम्ति पोजिटिभ पाइएको थियो। उनीमाथि नाडा ले २०१८-मा प्रतिबन्ध लगाए पनि २०२०-मा उनलाई मुक्त गरिएको थियो