हावड़ामा रामनवमीको शोभायात्रामा बन्दुक लहराउने व्यक्ति मुंगेरबाट पक्राउ

a4262ca3-b629-4b49-9d3e-5905ca3edb4c

हावड़ाः हावड़ा जिल्लामा रामनवमीको अवसरमा निकालिएको शोभायात्रामा बन्दुक लहराउने व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। आरोपितलाई बिहारको मुंगेरबाट पक्राउ गरिएको छ। पुलिस सूत्रअनुसार, पक्राउ परेको व्यक्तिको पहिचान हावड़ाको मालीपञ्चघड़ा थाना अन्तर्गत शम्भु हलदर लेन निवासी सुमित साव (१९) को रूपमा गरिएको छ।

रामनवमीको जुलुसहरूलाई लिएर देशभरिमा हिंसा भयो। बंगालको हावड़ामा पनि यस्तै भयो। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले हावड़ामा रामनवमीको जुलुसमा एक बन्दुकधारी युवकको भीडियो ट्वीट गरेका थिए। घटनापछि एक प्रेस कन्फ्रेन्समा अभिषेकले यो भीडियो देखाए औं युवक जहाँपनि लुकेको छ, पुलिसले उसलाई पक्राउ गर्ने दाबी गरे। एक साताभित्र हावड़ा पुलिसले आरोपितलाई बिहारबाट पक्राउ गऱ्यो। पुलिस सूत्रअनुसार, सुमित शोभायात्रामा बन्दुक लिएर नाचेदेखि नै भागेका थिए। पुलिसले जाँच गर्दा युवक मुंगेरमा आफ्नो आफन्तको घरमा लुकेको थाहा लाग्यो। त्यसपछि गुप्तचरहरूले उसलाई मुंगेरबाट पक्राउ गरे। सीआईडीले हावड़ा काण्डको जाँच गरिरहेछ। हावड़ा पुलिसको गोप्य शाखाले सुमितलाई सीआईडीलाई सुम्पिनेछ। बुधवार उसलाई कोर्टमा पेश गरिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement