तीनधारे: तीनधारेको गैरी गाउँस्थित हनुमान मन्दिरमा भव्य रुपमा हनुमान जयन्ती पालन गरिने भएको छ। यसको लागि मन्दिरका स्थापक शखर प्रधान लगायत स्थानीय बासिन्दा रवि सुब्बाले सम्पूर्ण तीनधारे र वरिपरिका वासिन्दाहरुलाई आएर पूजा सफल पारिदिने आह्वान् गरेका छन्। पत्रकारहरुसित कुरा गर्दै शखर प्रधानले मन्दिर अझ सुन्दर प्रकारले निर्माण गर्नका निम्ति आर्थिक सहयोग सरकार पक्षबाट आए राम्रो हुने थियो भनी बताएका छन्। उनले जनाए अनुसार त्यहाँ मन्दिर स्थापना हुन पहिले थुप्रै दुर्घटना हुने गर्थ्यो मन्दिर स्थापना भएपछि भने त्यहाँ कुनै यस्तो घटना नघटेको जनविश्वास रहेको छ भनी भनेका छन्। गैरी गाउँका स्थानीयहरूमा रवि सुब्बा, बिक्की सुनार, सुमित छेत्री, सुनिता गुरुङ्ग आदिले स्थापकको कुरालाई समर्थन गर्दै सोही कुराहरु बताउँदै सबैलाई हनुमान जयन्तीको अवसरमा सम्पन्न हुने पूजामा सबैलाई उपस्थित भईदिने आह्वान् गर्दै स्थानीय सरकार समक्ष मन्दिर निर्माणको लागि अनुरोध पनि गरेका छन्।