दार्जिलिङ: दार्जिलिङ नगरपालिकाको माल रोड क्षेत्रबाट फेरि हकर्सलाई स्थायी रूपमा हटाउने निर्णयको स्वागत गर्दै आज विद्यालय तथा कलेजका विद्यार्थीहरूले बजारमा र्याली निकालेका छन्। हिजो जी २० प्रतिनिधिको भ्रमणलाई ध्यानमा राखी केही दिनदेखि माल रोडदेखि हकर्सहरू हटाइएको थियो र सर्वसाधारणले यस कदमको स्वागत गरेपछि नगरपालिकाले स्थायी रूपमा हटाउने निर्णय गरेको हो। चौरस्ता स्थानीयहरू मात्र नभएर पर्यटकहरूको मुख्य गन्तव्य भएको भन्दै यसलाई यथास्थितिमा राख्नुपर्ने र हकर्सबिना सफा राख्नुपर्ने कदमको समर्थन गर्ने विद्यार्थी तथा स्थानीयले बताएका छन्।

हकर्सहरूका कारण हिड्न सहज नभएको बताउँदै माल रोड क्षेत्र पनि फोहोर बनाएको उनीहरुले बताएका छन्। दार्जिलिङ नगरपालिकाले उनीहरुलाई पुन:र्स्थापना गर्ने निर्णय गरेको छ जसका लागि बैठक पनि बोलाइएको छ। भर्खरै धेरै हकर्सहरूले त्यहाँ नयाँ पसलहरू स्थापना गर्न थालेको संख्या ९० पुगेको छ।