अलिपुरद्वार जिल्ला पुलिसको पहलमा कोशिश मिड टर्म एसेसमेन्ट सम्पन्न

c1fa699c-68ee-479e-8fc9-011cad701c19

कालचिनीः राज्य सरकारको मातहत एवम् मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा गत बर्षदेखि प्रत्येक सरकारी प्राथमिक विद्यालयहरूमा पुलिस प्रशासनको देखरेखमा सम्पन्न भईरहेको कोशिश कक्षाका विद्यार्थीहरूको निम्ति मंगलाबार अलिपुरद्वार जिल्ला पुलिसको पहलमा मिड टर्म एसेसमेन्ट अर्थात परीक्षा सम्पन्न भयो। जिल्लाभरीको प्रत्येक प्राथमिक विद्यालयहरूमा मंगलवार मिड टर्म एसेसमेन्ट सम्पन्न भएको अलिपुरद्वार जिल्ला पुलिस सुत्रले जनाएका छन्। मंगलवार यसै क्रममा कालचिनी खण्डको प्रायः १४ वटा प्राथमिक विद्यालयहरूमा मिड टर्म एसेसमेन्ट सफलतापूर्वक सम्पन्न भएको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्।
कालचिनी थाना अन्तर्गत पर्ने मेचपाड़ा, चुवापाड़ा, भाटपाड़ा, राधापानी, गंगुटिया एवम् अन्यान्य प्राथमिक विद्यालयहरूमा कोशिश कक्षाका शिक्षक अनि शिक्षिकाहरूको सक्रियतामा स्कूलेहरूको एसेसमेन्ट सम्पन्न भएको छ भने आगामी दिनमा अझै कोशिश कक्षा मार्फत स्कूले विद्यार्थीहरूलाई तिखारेर लैजाने लक्ष्य रहेको बताईएको छ। मंगलवार यसै क्रममा मिड टर्म एसेसमेन्टको निरीक्षण गर्न मेचपाड़ा ८ नम्बर स्थित कुमार थापा नेपाली प्राथमिक विद्यालयमा कालचिनी थाना प्रभारी टीएन लामा आईपुगेका थिए। थाना प्रभारी टीएन लामाले मुख्यमन्त्री ममता ब्यानर्जीको दिशानिर्देश अनुसार अलिपुरद्वार जिल्ला पुलिसको तत्परतामा यो कोशिश कक्षा कालचिनी थाना अन्तर्गत पर्ने १४ वटा स्कूलहरूमा चलिरहेको र यसको मंगलबार मिड टर्म एसेसमेन्ट सम्पन्न भएको र यसले स्कूले विद्यार्थीहरूलाई थप ज्ञान प्राप्त हुने र विद्यार्थीहरू असल स्मार्ट बन्ने आशा गरीएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement