मिरिक। मिरिक महकुमा अन्तर्गत थर्बु चियाकमान नन्दलाल गाँउका लगभग तीस जना युवाहरूले बुधबार मिरिक थर्बु डुप्टिन समष्टिका तृणमूल कंग्रेस प्रार्थी मिलेस राईलाई समर्थन जनाँउदै आगमी २६ जूनमा हुने गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाकाे चुनाउमा धेरै भाेटले विजय बनाँउने प्रतिबद्धता प्रकट गरेकाे छ। यस अवसरमा बाेल्दै नन्दलाल गाँउका एक युवा प्रसन राईले मिलेस राई मिरिक थर्बु डुप्टिन समष्टिकाे याेग्य उम्मेदवार रहेकाे अनि उनले गाँउकाे हितमा विगतमा गरेकाे कर्मलाई हेरेर हामीले उनलाई समर्थन जनाँउदै चुनाउमा विजय बनाँउने प्रतिबद्धता प्रकट गरेकाे हाे भने। तिनले मिलेस राई एक असल मानिस हुन। उनकाे माध्यमद्वरा नै गाँउलाई विकासकाे मार्गमा अग्रसर गराँउन सकिन्छ भन्ने साेच राखेर मिलेस राईकाे पक्षमा हामी अघि आएका छाै भने। तिनले बुधबार युवाहरूले मात्र समर्थन जनाए पनि हामीपछि धेरै नारी अनि जेष्ठ नागरिकहरू पनि रहेकाे छ भने। चुनाउकाे छेकमा नन्दलाल गाँउका युवाहरू समुहमा आएर मलाई समर्थन गरेकाे घाेषणा गर्दा मेराे जीत अझ सजिलाे भएकाे छ भन्दै आफ्नाे समर्थनमा आएका युवाहरूप्रति आभार प्रकट गरे। तिनले गणतन्त्रमा जसले पनि चुनाउ लड्न सक्छ तर हाल समष्टिमा रहेका निर्दल उम्मेदवारहरूले कसैकाे मखाैटा लगाएर चुनाउमा उठेकाे जस्ताे मलाई लागेकाे छ भन्दै हामी जनतालाई छल गरेर चुनाउमा उठेका छैनाै। हाम्राे गठबन्धन अनि हाम्राे भिजन सबैले छर्लङ्ग देखिसकेका छन। यसैले जनताले अब काम गर्ने मानिसलाई नै मतदान गरेर विजय बनाँउनेछ भन्ने कुराेमा म धेरै आशावादी रहेकाे छु भने।तिनले विगतमा म जनताकाे साथमा रहेर कार्य गरेका थिए भने भविष्यमा पनि जनताकाे साथमा नै बसेर कार्य गर्नेछु भन्दै मैले विगतमा कर्म राम्राे गरेकाेछु। यही कर्मले मेराे जीत सुनिश्चित गर्नेछ भने।तिनले हाल समष्टिका विभिन्न ठाँउबाट आफूलाई समर्थन जनाँउने कार्य भइरहेकाे बताए।