दार्जीलिङः हाम्रो हिल-तराई-डुवर्स चियाबारी श्रमिक संघको विस्तार युद्धस्तरमा चलिरहेको छ। यसैक्रममा आज टिष्टा भ्याली चियाबारीमा हाम्रो हिल-तराई-डुवर्स चियाबारी श्रमिक संघको गठन भएको छ। तकदाह टिष्टा भ्याली समष्टिको संयोजक सन्तोष रामुदामुको उपस्थितिमा टिष्टा भ्याली चियाबारीमा हाम्रो हिल-तराई-डुवर्स चियाबारी श्रमिक संघको बैठक सम्पन्न भयो।आयोजित सभामा हाम्रो पार्टीको समष्टि अध्यक्ष संजय लामा विशेषरूपमा उपस्थित रहेका थिए। त्यसरी नै अन्यहरूमा बुद्ध लामा, रत्न योन्जन आदि उपस्थित रहेका थिए।सभामा चिया श्रमिकहरूले भोग्नु परेको विभिन्न समस्याहरूमाथि गहन चर्चा-परिचर्चा गरिएपछि चिया श्रमिकहरूको समस्यालाई समाधानको पक्षमा मार्गदर्शन गर्न हाम्रो हिल-तराई- डुवर्स चियाबारी श्रमिक संघको गठन गरियो। जसमा, टिष्टा भ्याली शाखा अध्यक्ष ए दर्नाललाई चयन गरियो। त्यसैगरी उपाध्यक्ष एम वी वाइबा,सचिव एम के राई,सहसचिव बुद्ध पाखरिन लगायत १० जनाको कार्यकारिणी सदस्यहरूको चयन गरिएको छ।टिष्टा भ्याली चिया बगानको श्रमिकहरूको जे जति समस्याहरूमाथि आवाज बनेर अधि ल्याउने हाम्रो पार्टीले नवगठित नेतृत्वहरूलाई जिम्मेदारी सुम्पिएका छन्।