निम्न सोनादामा गोरामुमोको सांङ्ठनिक सभा सम्पन्न

IMG-20230404-WA0253.jpg

सोनादा: गोरामुमो निम्न सोनादाको सांङ्ठनिक सभा गोरायुमो रंगबुल धोत्रे रंगबुक समष्टि अध्यक्ष विकास सुब्बाको अध्यक्षतामा सम्पन्न भएको छ। गोरामुमो केन्द्रीय समिति सदस्य अरुण राईको प्रमुख उपस्थितिमा खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङ, निम्न सोनादा आञ्चलिक अध्यक्ष किशोर थापा, सन्तोष प्रधान साथै शाखा प्रशाखाका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए। सभामा पार्टीको गतिविधि साथै
भावी रणनीतिमाथि व्यापक रूपमा चर्चा परिचर्चा गरियो।सभालाई सम्बोधन गर्दै खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भूपेन गुरुङले केन्द्रीय समितिद्वारा के कस्तो कार्य भइरहेको छ जानकारी गराए साथै चाढ़ै सम्पूर्ण पहाड़को गोर्खाहरूको निम्ति केन्द्र सरकारले न्याय दिनेछ भनी
जानकारी गराउँदै वर्तमानमा बंगाल सरकारले जुन प्रकारले
पहाड़मा आठ डेसिमल जमीनको पर्जा पट्टा दिइने कार्य गरिरहेको र पूर्णरूपले यो कानूनी रुपमा नभएको र यो शरणार्थीलाई दिइने पट्टा हो यसलाई चियाबारीका श्रमिकहरुले नथाप्ने अनुरोध गरेका छन्। आफ्नो सम्बोधन राख्दै अरुण राईले भने, नोटिफिकेशन निस्केपछि पञ्चायत चुनाव भएको खण्डमा केन्द्रीय समितिको निर्णय अनुसार काम गर्न पर्ने सभालाई जानकारी गराउँदै पर्जा पट्टाको विषयमा बोल्दै भने हामी जमीनसितै आएको हो र आठ डेसिमल जमीनको कुनै मूल्य नरहेको र यसले हामीलाई शरणार्थी बनाउँछ। पहाडको कतिपय राजनैतिक दलहरुले बंगाल सरकारको आडमा गोर्खा जातिलाई छिन्न भिन्न बनाउने कोशिष गर्दैछ। के तिमीहरु गोर्खा होइनौं भनी अरुण राईले प्रश्न गरे। निम्न सोनादामा सांङ्ठनिक गतिविधिलाई तीब्र पार्दै शाखा प्रशाखाहरु पुनः गठन चाढै गर्ने सभाले प्रस्ताव पारित गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement