के अन्ना हजारे फेरि आवाज उठाउन तयार?  ‘राष्ट्रिय लोक आन्दोलन’ गठन

Anna-Hajare

नयाँ दिल्ली: सन् २०११ मा राजधानी दिल्लीमा भ्रष्टाचारविरुद्ध व्यापक आन्दोलन गरेका सामाजिक कार्यकर्ता अन्ना हजारे फेरि एकपटक आवाज उठाउने तयारीमा छन्। उनले आफ्नो नयाँ संगठन ‘राष्ट्रिय लोक आन्दोलन’ गठन गरेका छन्। ८४ वर्षीय अन्ना हजारेले आफ्नो जन्मदिन १९ जूनमा यो संस्थाको घोषणा गर्न लागेका छन्। अन्ना हजारे १९ जूनमा दिल्ली आउँदैछन्। उनले यहाँ आफ्नो नयाँ संस्थाका कार्यकर्ताहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रममा भाग लिनेछन्। यो संस्थाले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भएको छ। लोकायुक्तकानून निर्माणमा ढिलाइ भएको भन्दै चेतावनी दिएका थिए। उनले यस विषयमा महाराष्ट्रभर आन्दोलनको आह्वान गरेका छन्। उनले भने, ‘यदि महाराष्ट्र सरकारले अगस्तसम्म यो कानून बनाएन भने, सम्पूर्ण राज्यमा आन्दोलन गर्नेछ।’ १५ मईमा उनले मुख्यमन्त्री उद्धव ठाकरेलाई यस सम्बन्धमा पत्र लेखेका थिए

त्यसमा उनले देशका केही राज्यले मार्गदर्शक सिद्धान्तअनुसार लोकायुक्त कानूनलाई अधिसूचित गरेको तर महाराष्ट्रमा भने अहिलेसम्म त्यस्तो नभएको बताए। २०१९ मा तत्कालीन देवेन्द्र फडणवीस सरकारको पालामा आफूले आन्दोलन गरेको, तर फडणवीसले मुख्य सचिवको अध्यक्षतामा मस्यौदा समिति बनाउन सरकार तयार रहेको लिखित आश्वासन दिएपछि आन्दोलन फिर्ता लिएको बताए। यसपछि वर्तमान सरकारले लोकायुक्त ऐन बनाउने वाचा गरेको थियो तर अहिलेसम्म केही भएको छैन भन्ने उनको भनाई छ। अन्ना हजारेले पत्रमा महाराष्ट्र सरकारले या त लोकायुक्त ऐन लागू गर्नुपर्ने वा सत्ताबाट हट्नु पर्ने बताएका छन्। लोकायुक्त ऐनको पक्षमा आन्दोलन गर्न राज्यका २०० तहसीलमा समितिहरू गठन गरिएको थियो।

About Author

Advertisement