बलुवाखानीमा घरबाट नगदसहित सूनका गहनाहरू चोरी

robbery-l1-480-1200.jpg

गान्तोक: सदर थाना क्षेत्र अन्तर्गत बलुवाखानीस्थित स्थानीय एक व्यक्तिको किरायको घरमा चोरी भएको छ। अज्ञात व्यक्ति (हरू) ले घरको ताला तोड़ेर नगदसहित सूनका गर-गहनाहरू चोरी गरेका छन्। पुलिस रिपोर्टअनुसार, पीड़ित परिवार सिलगढ़ी आफन्तको अन्त्येष्टि कार्यमा सहभागी बन्न गएका थिए। छिमेकीले घरको मूल ढोका तोड़िएको सूचना फोन मार्फत दिए। पीड़ित परिवार गान्तोक फर्किएर आउॅंदा घरको मूल ढोका भत्किएको र घरबाट १९ हजार ३०० हजार नगद र लगभग २५ हजार रूपियॉंको सूनका गर-गहनाहरू चोरी गरिएको पाए।
पुलिसले अज्ञात आरोपित विरूद्ध मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement