भाजपामाथि तृणमूल कार्यकर्तालाई कुटेको आरोप

IMG-20230404-WA0224.jpg

कुचबिहार: पञ्चायत चुनाउलाई लिएर बंगालको राजनीतिक पारा गर्मिनु थालेको छ। मंगलवार जिल्लाको भेटागढीमा भाजपामाथि तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूलाई कुटेको आरोप लागेको छ। जसमा तृणमूलका दुई कार्यकर्ता गम्भीर रूपमा घाइते भएका छन्। घाइते तृणमूल कार्यकर्ताहरूको नाम अजीत बर्मन (भोला) र बिस्वजीत बर्मन बताइएको छ। दुवै दिनहाटा महकुमा अस्पतालमा चिकित्साधीन छन्। अर्कोतिर, आरोपितहरूलाई पक्राउ गरिने मागमा तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूले कूचबिहार-दिनहाटा स्टेट हाईवेलाई जाम गरी प्रदर्शन गरे। घटनाको सूचना पाएर दिनहाटा थानाबाट भारी संख्यामा पुलिस घटनास्थलमा पुग्यो र सड़कलाई जाममुक्त गरायो। क्षेत्रमा भारी संख्यामा पुलिस बल तैनात राखिएको छ।
दिनहाटा ब्लक नम्बर-१ नम्बर तृणमूल कांग्रेस अध्यक्ष अनन्त रायको आरोप छ, उनका कार्यकर्ताहरूले भेटागढी बजारमा एक मिठाईको दोकानमा बसेर मिठाई खाईरहेका थिए। त्यही समय भाजपा कार्यकर्ताहरू नशाको स्थितिमा आए औं बांस एवं लौरोले तृणमूल कार्यकर्ताहरूमाथि हमला गरे। जसबाट उनका दुई कार्यकर्ताको टाउको फुट्यो। घटनालाई अन्जाम दिएपछि भाजपा कार्यकर्ता भाग्दै केन्द्रिय मन्त्री निशिथ प्रमाणिकको घरमा पसे। यद्यपि, कुचबिहार दक्षिणबाट भाजपा विधायक निखिल रन्जनले आरोपहरूलाई खारेज गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement