फाटापुकुरमा २ वटा गाडी ठोक्किँदा ३ जना घाइते

c8847991-b77d-4cc4-9059-ff28d3005d2e

राजगञ्ज: दुईवटा गाडी एकअर्कामा ठोक्किँदा ३ जना घाइते भएका छन्। उक्त घटना गत अबेर राति सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको फाटापुकुर चवाई नदी संलग्न इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार सडक नजिकै एउटा मालवाहक गाडी रोकेर राखेको अवस्थामा थियो। अचानक एउटा कन्टेनर अनियन्त्रित भएर सोझै उक्त गाडीलाई धक्का दिँदा कन्टेनरको अघिल्लो भाग क्षतिग्रस्त बनेको छ। घटनापछि उक्त कन्टेनरको केबिन भत्काएर चालकलाई बाहिर निकाली राजगञ्ज ग्रामीण अस्पतालमा पठाइएको छ । उक्त घटनामा कन्टेनर चालक, खलासी लगायत ३ जना घाइते भएका छन्। घटनाको खबर पाएर राजगञ्ज पुलिसले घटनास्थलमा पुगेर घटनाको जाँच शुरूगरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement