तीनधारेको मित्र संघ भवन जीर्णावस्थामा

IMG-20230404-WA0189.jpg

स्थानीयहरूद्वारा मल्टीपर्पोस भवन निर्माणको मांग

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेको गोलाई पाखास्थित मित्र संघ भवन अहिले अत्यन्तै जीर्णावस्थामा पुगेको छ। सन् २००२ सालतिर नै निर्माण गरिएको उक्त मित्र संघ गोलाई पाखाको सार्वजनिक भवन विगत २०-२१ वर्षदेखि कुनै मरमत्ति नगरिएको कारणले स्थानीयहरूलाई धेरै असुविधा भईरहेको छ। तीनधारेको गोलाई पाखा गाउँका मानिसहरूलाई कुनै शुभ कार्य होस् अनि कुनै अशुभ कार्य होस् धेरै असुविधा भईरहेको बताइएको छ। मित्र संघ गोलाई पाखाको सार्वजनिक भवनको भित्रपट्टि रहेको भूँईहरू सबै उप्केको र भत्केको अवस्थामा रहेको छ भने भित्ताहरू पनि निक्कै जीर्णावस्थामा पुगेको छ। विशेष गरी उक्त भवनको तल्लोपट्टिको फाउण्डेशनको अवस्था एकदमै जीर्ण बनिसकेको छ।

सार्वजनिक भवनको जीर्णावस्था र साँघुरो भएकोले यस क्षेत्रको कुनै पनि शुभ र अशुभ कार्यहरू अन्यत्र गर्नु पर्ने अवस्था रहेको छ जुन स्थानीयहरूका लागि खर्चालु सिध्द हुँदछ। यस क्षेत्रका जनसाधारणको लागि अब नयाँ भवन निर्माण गरिनु पर्ने अवस्था देखिएको जुन ठूलो र फराकिलो हुनु पर्ने आवश्यकता देखिएको छ। मित्र संघ गोलाई पाखाको स्थानीयहरूले यस क्षेत्रमा एउटा नयाँ मल्टीपरपोस भवन निर्माणको लागि सम्बन्धित विभागमा गुहार लगाएको र यसको लागि सन् २०१७ सालदेखि नै पहल शुरु गरिएको भएपनि अहिलेसम्म नभएको बताइएको छ।

यस विषयमा मित्र संघ गोलाई पाखाको वर्तमान सचिव ईशान्त विश्वकर्मले पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो भवन सानो र साँघुरो भएकोले कुनै पनि शुभ र अशुभ कार्यहरू गर्दा धेरै असुविधा भईरहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement