कुचबिहार: घोकसडाँगा सानो सीमलबाड़ी इलाक़ामा जंगली भैसीको आक्रमणबाट ३ जना गम्भीररूपले घाइते भएका छन्। घाइतेहरुको घोकसडाङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। स्रोतका अनुसार, आज बिहान घोकसडाङ्गा सानो सिमलबाड़ी इलाकामा स्थानीयवासीले जंगली भैसीलाई देखेका थिए। भैसीको आक्रमणबाट यसअघि नै ३ जना घाइते भइसकेका छन्। स्थानीयवासीहरुको गुनासो छ, लामो समय बितिसक्दा पनि वन विभागका कर्मचारीहरू यहाँ आएका छैनन्।जंगली भैसीहरू मकैबारीभित्र लुकेर बसेका छन्, बीच-बीचमा बाहिर निस्किएर मानिसहरूलाई आक्रमण गर्छन्। मकैबारीभित्र कतिवटा जंगली भैसी छन् भन्ने कुरो गाउलेहरूले पत्तो पाउन सकेका छैनन। यो घटनाले गाउँलेहरू त्रसित छन। अहिले तीनै जना घाईतेहरूको घोकसडाङ्गा स्वास्थ्य केन्द्रमा उपचार भईरहेको बताइएको छ।