कालचिनी – चियाबारीको सेक्सनहरू अहिले जङ्गली चितुवाको रगरगीले भरेको छ। लगातार कुनै न कुनै दिन तियाबारी सेक्सनहरूमा चितुवाको हमलामा श्रमिकहरू घाईते हुने घटना सामान्य बन्दै गईरहेको छ। आज फेरि यस क्रममा मेचपाड़ा चियाबारीको 14 बी सेक्सनमा पत्ती टिपी रहेकी एकजना महिला श्रमिक गायत्री लोहार उमेर 38 लाई अचानक कमानको झुँड़बाट निस्किएको एउटा चितुवाले आक्रमण गर्दा उक्त महिला श्रमिक गम्भीर घाइते बनेकी छन्।
उक्त महिलालाई चितुवाले टाउको, गला र दुईवटा हातमा चिथोरेको प्रत्यक्षदर्शी श्रमिकहरूले जनाएका छन्। तत्कालै उक्त घाइते महिला श्रमिकलाई कमानको अस्पतालमा पुऱ्याएर उपचार चलिरहेको कमान प्रबन्धनपक्षले जनाएका छन्। यता चितुवाको रगरगीले गर्दा कमानका श्रमिकहरूले कमानमा बन विभागलाई पिञ्जड़ा लगाउने माग गरेका छन्।











