न्यूनतम वेतन बोर्डको अध्यक्ष पद पाएपछि गौतम देवको पहिलो बैठक

IMG-20230404-WA0193.jpg

सिलगढी: न्यूनतम वेतन सल्लाहकार बोर्डको मुख्य उद्देश्य श्रमिक, रोजगारदाता र सरकारबीचको सुमधुर सम्बन्ध स्थापित गर्नु हो। गौतम देवले न्यूनतम वेतन बोर्डको अध्यक्ष पद सम्हालेपछि पहिलो बैठकमा उक्त कुरा भनेका हुन। मङ्गलबार श्रममन्त्री मलय घटकको उपस्थितिमा राज्य अतिथिगृहमा विभिन्न केन्द्रीय मजदुर युनियनका नेतृत्व र श्रमिक पदाधिकारीसँग उनको बैठक बसेको थियो। बैठकको प्रारम्भमा नवनिर्वाचित अध्यक्ष गौतम देवलाई श्रममन्त्री मलय घटकलगायत उपस्थित सदस्यहरुले पुष्पवृष्टि गरी स्वागत गरेका थिए। दुई घण्टाको उक्त बैठकपछि अध्यक्ष गौतम देवले बोर्डको मुख्य उद्देश्य रोजगारदाता र सरकारबीच सुमधुर सम्बन्ध निर्माण गर्ने बताउदै बैठकको समापन गर्नुभयो। यस्ता छलफलले कामको गतिमा उल्लेखनीय वृद्धि हुने उनको विश्वास छ। यसका लागि समय–समयमा यस्ता बैठक बसेर सबैको सुविधा, असुविधा सुनिने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement