हुगली हिंसाः दार्जीलिङ यात्रा बीचमा छोड़ी अचानक कोलकाता फर्के राज्यपाल

CV_Ananda_Bose_1668698265176_1668700116389_1668700116389.webp

कोलकताः पश्चिम बंगालको हुगली जिल्ला अन्तर्गत रिसड़ामा सोमवार राति फेरि भड्केको हिंसालाई लिएर चिन्तित राज्यपाल डा. सीवी आनन्द बोसले आफ्नो दार्जीलिङ यात्रा बीचैमै छोड़ी कोलकाता फर्केका छन्। यद्यपि, राजभवनको तर्फबाट राज्यपाल अचानक किन फर्के, यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन। सूत्रहरू अनुसार, हुगलीमा भड्केको हिंसापछि उनले कोलकाता फर्किने फसेला गरे। दार्जीलिङमा जी-२० मा एक परिचर्चामा सामेल हुनका लागि उनी सोमवार साझँ नै दार्जीलिङको निम्ति प्रस्थान भएका थिए।

वस्तुतः रिसड़ाको जुन हिस्साहरूमा हिंसा भएको थियो, सोमवार राति नयाँ प्रकारले त्यहाँ फेरि हिंसा भड्क्यो। रेलवेको चार नम्बर गेट नजिक तोड़फोड़, ढुंगामुड़, आगलागीको घटना भएको छ। यसलाई लिएर शुभेन्दु अधिकारीले एक पल्ट फेरि राज्य प्रशासनको कार्यशैलीमाथि प्रश्न चिह्न कड़ा गरे। उनले भने, धारा १४४ लागेको छ र कुनै शोभायात्रा पनि निस्किरहेको थिएऩ फेरिपनि ढुंगामुड़ा र आगलागी भयो। राज्य प्रशासन स्थितिलाई सम्हाल्नमा पूर्ण रूपमा विफल रहेको छ। छिटोभन्दा छिटो केन्द्रिय बलहरूको तैनाती हुनुपर्छ। सूत्रहरू अनुसार, राज्यपाल फर्किनसाथ भाजपा नेताले उनीसित भेट गर्नेछन्। यसलाई लिएर केन्द्रिय गृह मन्त्रालयलाई चिट्ठी पठाउन सकिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement