पूर्व सांसद एंव पूर्व मन्त्री दावा लामाको निधन

IMG-20230404-WA0177.jpg

दार्जिलिङ: दार्जिलिङका पूर्व सांसद दावा लामाको हिज राती निधन भएको छ। उनी एक सय वर्ष पुग्न लागेका थिए। दार्जिलिङको चुङथुङ मेरीबुङ तामसाङ समष्टिको चुङथुङ निवासी पूर्व सांसद एंव पश्चिम बंगालका पूर्व मंत्री दावा लामाको ३ अप्रेल २०२३ को राती निधन भएको छ। दार्जीलिङ पहाड़का वरिष्ठ नेतृत्व, राजनीतिज्ञ, पूर्व मन्त्री एवम् सांसद दावा लामाको निधनले सम्पूर्ण पहाड़लाई क्षति भएको छ। उनको निधन दार्जिलिङको सिंहनारीस्थित भानुग्राम निवासी धनरुपा तामाङको घरमा राती ११ बज्न लाग्दा भएको जानकारी प्राप्त भएको छ। दावा लामा सन् १९७७ सालमा बंगालमा वामफ्रन्टको सरकार बनेपछि ८० को दशकमा एक दशकसम्म पश्चिम बंगाल राज्यको पार्वत्य विकास मन्त्री बनेका थिए। सन् १९९६ सालमा पहाड़मा क्रामाकपा गठन भएपछि गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। बंगालमा कंग्रेसको सरकार हुँदा सन् १९७३ देखि ७७ सम्म जेलमा पनि रहेका थिए। उनी आफ्ना पिता सबुत लामाको पालोदेखि नै विद्रोही र राजनीतिज्ञ रहेका थिए। उनी क्रामाकपाको केन्द्रीय सल्हाकार समितिको सदस्य रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement