सिलगढी: उत्तर प्रदेशबाट गुवाहाटी जाँदै गरेको गहुँ बोकेको एउटा ट्रक नियन्त्रण गुमाएर सडकको बीचमा पल्टिएको छ। जसका कारण केही घण्टा यातायात ठप्प भयो। सिलगढी-जलपाइगढी राष्ट्रिय राजमार्गको फुलबारीको जियागञ्जमा भएको सो घटनाको जानकारी पाएपछि पुलिस घट्नास्थलमा आइपुगेको थियो। सूत्रका अनुसार, मंगलबार बिहान गहुँ बोकेको उक्त ट्रक सिलगढीबाट जलपाइगढीतर्फ जाँदै गर्दा फुलबारीको जियागञ्ज क्षेत्रमा सडकको बीचमा पल्टिएको हो। घटनामा कुनै ठूलो क्षति भएको खबर छैन। तर, ट्रक चालक भने सामान्य घाइते भएका छन्। पुलिस घटनाको अनुसन्धानमा जुटेको छ।