कालचिनी। अलिपुरद्वार सहरको परेड मैदानमा मङ्गलाबार मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा विराट कर्मीसभा सम्पन्न भएको थियो भने आज उक्त कर्मीसभा स्थलको मैला आवर्जित सरसफाई गर्न सफाईकर्मीहरुसित स्वयं तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईक मैदानमा ओर्लिएको थियो।
तिनले मङ्गलाबार सम्पन्न कर्मीसभामा लाखौँ मानिसको जमायत रहेको बताउँदै भीडले परेड मैदानमा अफालेको प्लास्टिक आवर्जित पदार्थहरुको सरसफाई गर्नलाई आज विहानै आएको जनाएका छन।










