पानीघट्टालाई अब हामीले अँगालेर पुरानो ऋण तिर्ने समय आएको छ: लाडुप घिसिङ

7a375432-7e88-40c9-8de4-9b7431e363d3

पानीघट्टा: हाम्रो पार्टी केन्द्रीय समिति एवम् मिरिक महकुमा समितिको तत्वावधानमा मिरिक महकुमा अन्तर्गत तराई क्षेत्रको पानीघट्टामा साङ्गठनिक भ्रमणसँगै पानीघट्टा क्षेत्रको बर्तमान अवस्थाबारे चर्चा परिचर्चा गरि केन्द्रीय प्रवक्ता घिसिङले भने, “पानीघट्टा र मिरिकको आफ्नै सम्बन्ध र इतिहास छ, प्रशासनिक सम्बन्ध कलिलो हो, इतिहास साक्षी छ, पानीघट्टालाई अब हामीले अँगालेर पुरानो ऋण तिर्ने समय आएको छ।” स्थानीय धुरीखम्बाकोरूपमा स्थापित नेतृत्व जितमान तामाङ जातीय एकीकरणको क्रममा आज हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङ, मिरिक महकुमा समिति अध्यक्ष प्रशान्त लामा, तराईका वरिष्ठ नेतृत्व सुरज सौरिया, सुकुनाका वरिष्ठ नेतृत्व राजेश लामा, अध्यक्ष मन्दिप लामा लगायत अन्यहरूको उपस्थितिमा आज हाम्रो पार्टीमा एकिकृत भए साथै उहाँ कै बासस्थानमा खदार्पण गरि हाम्रो पार्टी नेतृत्वहरूले स्वागत जनाए।

विगतको जीटीए चुनावमा, अनित थापाको तथाकथित पक्षपाती नीति र हैकमवादको खुल्ला विरोध गरि निर्दलीय उम्मेदवारकोरूपमा खरो उत्रिएका जितमान तामाङ तराई क्षेत्रमा जातीय प्रेम फैलाउने एक समाजसेवीको रूपमा चिनिन्छन र उनको यो निर्णयले पहाड-तराईमा ठूलै प्रभाव पर्ने राजनैतिक विश्लेषकहरूको मत छ।

About Author

Advertisement