कदमतलादेखि बेगुनटारीसम्म मोहन बगान लेन नामाकरण

ae055c99-6dcf-4ec4-9427-7eac6e1e6b54

जलपाइगढी:कदमतलादेखि बेगुनटारीसम्मको सडकको नाम मोहन बागान लेन राखिने भएको छ। जलपाइगढी नगरपालिकाले यस्तो प्रस्ताव अगाडी ल्याएको छ । जलपाइगढी नगरपालिकाका उपाध्यक्ष सैकत चटर्जीले जलपाइगढी मरिनर्सको पहलमा आयोजित मोहन बगान सचिवको स्वागत समारोहमा यस्तो घोषणा गरेका हुन। उनले जलपाइगढीका रुनु गुहाठाकुरता, सुकल्याण घोष दस्तीदार, मणिलाल घटक जस्ता खेलाडीहरूले मोहन बागानको तर्फबाट फुटबल खेल्ने गरेको बताए । त्यसैले कदमतलादेखि बेगुनटारीसम्मको सडकको नाम मोहनबागन लेन राख्ने प्रस्ताव ल्याएको बताए । मोहन बागानका सचिव देवाशिष दत्तले यस विषयमा उत्साह व्यक्त गरे। जलपाइगढी मरिनर्सको पहलमा सोमबार शहरको एक होटलमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा मोहन बगान क्लबका सचिव देवाशिष दत्त, जलपाइगढीका विधायक डा. प्रदीप कुमार वर्मा, नगरपालिका अध्यक्ष पापिया पाल, उपाध्यक्ष सैकत चटर्जी र विभिन्न खेलप्रेमीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement