गण विवाहको परिसरमा कठिन सुरक्षा व्यवस्था

IMG-20220608-WA0070.jpg

कालचिनी। पूर्वघोषित कार्यसूची अनुरुप आज सुभाषिनी मैदानमा आदिवासी सामुहिक गण विवाह कार्यक्रम स्थलमा आज पुलिस प्रशासनको कड़ा सुरक्षा व्यवस्था रहेको छ भने विहान ७ बजीदेखि नै कार्यक्रम स्थलमा आदिवासी वैवाहिक जोड़ीहरुको आगमन साथै विवाह कार्यक्रम शुरु भईसकेको छ।
मुख्यमन्त्री ममता ब्यानर्जी प्रायः १२ बजी भित्र गण विवाह कार्यक्रम स्थलमा प्रवेश गर्ने सुत्रले जनाएका छन भने विवाह कार्यक्रम स्थलमा अलिपुरद्वार र जलपाईगुड़ी जिल्लाको विशाल पुलिसबल साथै अनुसन्धान विभागका अधिकारीहरु तैनात गरिएको छ।
आज यस गण विवाह कार्यक्रममा अलिपुरद्वार र जलपाईगुड़ी जिल्लाको ५०२ जोड़ी आदिवासी दम्पत्तिको सामुहिक विवाह कार्यक्रम शुरु भईरहेको छ।

About Author

Advertisement