रिसड़ा हिंसाका कारण ट्रेनहरूको सञ्चालन प्रभावित

2f55b741-514b-4bdf-b946-3dda8d290aa0

कोलकताः पश्चिम बंगालको हुगली जिल्ला अन्तर्गत रिसड़ा स्टेशनमा सोमवार राति फेरि भड्किएको हिंसाको ट्रेन सञ्चालनमा पनि असर परेको छ। राति लगभग ९ः३० बजी रिसड़ा स्टेशनको चार नम्बर रेल गेट छेउ बमबारी, आगलागी, ढुङ्गा प्रहार र तोड़फोड़को घटना भयो। यस कारण कोन्ननगरदेखि हावड़ासम्म सबै ट्रेनहरू रोकियो। अर्कोतिर, श्रीरामपुरदेखि लिएर बर्धमानसम्म ट्रेनहरू रोक्नु पऱ्यो।

ट्रेन राति ९ः५१ बजीदेखि रोकियो भने राति लगभग १ बजी गन्तव्यको निम्ति प्रस्थान भयो। कोन्ननगरदेखि लिएर हावडा स्टेशनबीच लगभग प्रत्येक स्टेशनमा ट्रेनहरू रोकिएका थिए। स्थितिका कारण ट्रेनमा यात्रीहरू पनि भयमा थिए। पूर्व रेलवेका मुख्य जनसम्पर्क अधिकारी कौशिक मुखर्जीले मंगलवार बिहान भने, स्टेशनदेखि बाहिर कुनै पनि प्रकारको हिंसाको जिम्मेवारी पुलिस प्रशासनको हो। रेलवेले यस सन्दर्भमा प्रशासनसॅंग सम्पर्क गरेको थियो, तर स्थिति सामान्य बन्न निकै समय लाग्यो। यस कारण ट्रेनहरूको सञ्चालन पनि प्रभावित बन्यो। यसरी लामो समयसम्म ट्रेन रोक्दा यात्रीहरूले धेरै समस्या झेल्नु परेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement