नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५,२३३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोविड सङ्क्रमितको संख्या बढ़ेर अब ४,३१,९०,२८२ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ ७ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२४,७१५ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ३,३४५ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,२६,३६,७१० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७२℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेरा २८,८५७ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ३,१३,३६१ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८५,३५,२२,६२३ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १४,९४,०८६ जनाले कोरोना खोप लगाउनको साथ कुल १,९४,४३,२६,४१६ जनाले यो खोप लगाइसकेको छन्।









