तृणमूल कङ्ग्रेस छोडेर कैयौ भाजपामा प्रवेश

1912b71a-e0b7-43fb-88e4-021f6e5df4cf

अलिपुरद्वार: पञ्चायत चुनावको मिति घोषणा भइसकेको छैन तर सरकार विरोधी गुटहरू अहिलेदेखिनै सत्ताको अंकगणित बनाउनमा ब्यस्त भएका छन्। दलहरू फुटाउने खेल पनि शुरु भइसकेको छ। फालाकाटा ब्लक अन्तर्गत दलगाउँ क्षेत्रको तसाटी चिया बगानको तृणमूल कङ्ग्रेसमा फूट आएको छ। त्यहाँका तीस परिवार तृणमूल कङ्ग्रेस छोडेर भाजपामा प्रवेश गरेका छन। तिनीहरूलाई भाजपा पार्टीको झण्डा हस्तान्तरण गरी पार्टीमा स्वागत गरिएको छ। उक्त स्वागत समारोहमा भाजपा मण्डल -१३ युवा मोर्चाका महासचिव आनन्द महाली लगायत धेरैको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement