४ अप्रेलः बंग्लादेशका अलराउण्डर शाकिब अल हसन आफ्नो फ्रेञ्चाइजी कलकत्ता नाइट राइडर्स (केकेआर) को निम्ति आईपीएल २०२३ सीजनमा अनुपलब्ध रहनेछन्। बंग्लादेशले आउँदो समयमा केही अन्तर्राष्ट्रिय म्याच खेल्नु पर्ने हुनाले शाकिब आईपीएल खेल्न नआउने सूत्रबाट थाहालागेको छ। यसरी नै फ्रेञ्चाइजीको अन्य एकजना बंग्लादेशी खेलाड़ी लिटन दास यस हप्ताको अन्तमा टीममा सामेल हुनसक्छन्। केकेआर-ले शाकिबलाई लिलामीमा उनको १.५ करोड़ रुपियाँको बेस ब्राइसमा किनेको थियो। सूत्रबाट थाहालागे अनुसार, शाकिबले केकेआर टीम म्यानेजमेण्टलाई फोन मार्फत आफ्नो योजना बताएका छन्। बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी) आफ्ना दुई निर्भरयोग्य खेलाड़ी शाकिब र लिटनलाई तुरन्तै रिलीज गर्न चाहेको छैन। यी दुईजना मीरपुरमा हुने टेस्ट म्याचमा उपलब्ध रहनेछन्। बीसीबी-ले बीसीसीआईलाई अगावै उनका खेलाड़ीहरू आईपीएलको निम्ति ८ अप्रेलदेखि १ मईसम्म मात्र उपलब्ध रहने जानकारी दिएको थियो। बंग्लादेशको निम्ति ४ देखि ८ अप्रेलसम्म टेस्ट म्याच खेलेर शाकिब आईपीएलमा आउने मानिएको थियो तर अन्तमा उनले टेस्ट म्याच सकेर अमेरिकामा रहने आफ्नो परिवारसँग समय बिताउने फसेला गरेका छन्। शाकिबले केकेआर-को निम्ति आईपीएलको ४ सीजनमा ५१ वटा म्याच खेलेका छन्। यसबीच लिटनले चाहिँ केकेआर टीम म्यानेजमेण्टलाई फोन गरी लीगमा खेल्ने जानकारी दिएका छन्। उनी १० अप्रेलसम्म कलकत्ता पुग्ने आशा रहेको छ।