सृजनशील लेखन मञ्चको ७६औं प्रकरण सम्पन्न

IMG-20230404-WA0000.jpg

जोरथाङ: सृजनशील साहित्य लेखन मञ्चकी अध्यक्ष रजनी पेघाको उपस्थितिमा ७६औ प्रकरण ग्रीन पार्क जोरथाङको पेक्षागृहमा सम्पन्न भयो। संस्थाका पूर्व अधयक्ष टीका गरुङको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा नव सर्जकहरुलाई स्वागत जनाइयो। सृजनशील साहित्य लेखन मञ्चका पूर्व अध्यक्ष शंकरदेव ढकाल र पूर्व महासचिव सुबास सोताङलाई साहित्य अकादमी दिल्लीले नेपाली भाषा परामर्श समितिको सदस्यका रुपमा चयनित गरिएकोमा मञ्चको तर्फबाट बधाई र शुभकामना टक्राइयो।
कोषाध्यक्ष कमल प्रसाद अधिकारीले सृजनशील साहित्य लेखन मञ्चको हर हिसाबको जानकारी दिए। कार्यक्रममा उपस्थित सर्जकहरुमा मनिषा विष्ट, रजनी पेघा, पूजा गुप्त, डीके विश्र्वकर्मा, प्रशान्त विश्र्वकर्मा, अमन अग्रवाल, रवि रोदनले कविता सुनाएँ। वरिष्ठ चित्रकार कमल खालिङले सृजनशील साहित्य लेखन मञ्चसित जोडिएर चित्रकारितामा अभिरुची गर्नेहरुलाई चित्रकारिता सिकाउने र चित्रकारहरुको राम्रो समूह तयार गर्न सकिने कुरा बताए। प्रमुख सल्लाहकार विरेनचन्द्र राईले साहित्यले समाजलाई सहि निर्देषण गर्ने भन्दै साहित्यका अरु विधा नाटक, चित्रकारितालाई पनि यस मञ्चसित जोडेर केही गर्नसके राम्रो काम गर्न सकिने बताए। कार्यक्रमका अध्यक्ष टीका गुरुङले साहित्यले समाजलाई सँधै सहि बाटो देखाउने काम गरिरहेको र यो काम गर्न हरेक सदस्य सक्रिय भएर अघि आउनु पर्ने बताए। प्रकाश पराजुली र निम दावा शेर्पाले पनि सम्बोधन गरेका थिए। दुवैले नेपाली साहित्यमा रुचि रहेको र आउँदो प्रकरणमा केही सृजना गरेर सुनाउने वाचा गरे। कार्यक्रमलाई कमल प्रसाद अधिकारीले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement