आईपीएल २०२३: चेन्नई सुपर किंग्स १२ रनले विजयी

IMG-20230404-WA0003.jpg

ओपनर रुतुराज गायकवड़को विध्वंशी अर्द्धशतकपछि मोईन अलीको असाधारण बलिंगको साथ चेन्नई सुपर किंग्सले लखनऊ सुपर जाइण्ट्सलाई १२ रनले पराजित गरी इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-मा पहिलो जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै चेन्नई सुपर किंग्सले २० ओभरमा ७ विकेट गुमाएर २१७ रनको विशाल स्कोर बनायो। रुतुराजले ३१ बलमा ४ वटा छ्क्का र ३ वटा चौकाको साथ सर्वाधिक ५७ रन बनाए। यसबाहेक डेवोन कनवेले २९ बलमा ५ वटा चौका र २ वटा छक्काको साथ ४७ रन बनाए। शिवम दुबेले २७ अनि अम्बाती रायुडुले अविजित २७ रन बनाए। धोनीले २ वटा छक्काको साथ ३ बलमा १२ रन बनाए। लखनऊका बलरहरूमा मार्क वुड र रवि विश्नोईले ३-३ सफलता हासिल गरे। जवाफमा लखनऊ सुपर जाइण्ट्सले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो। काइल मायेर्सले २२ बलमा ८ वटा चौका र २ वटा छक्काको साथ सर्वाधिक ५३ रन बनाए। यसबाहेक निकोलस पूरनले १८ बलमा ३ वटा छक्का र २ वटा चौकाको साथ ३२ रन बनाए। यी दुईबाहेक अयुष बदानीले २३ रनको योगदान दिए। चेन्नईका बलरहरूमा मोईन अलीले ४ ओभरमा २६ रन खर्च गरी ४ विकेट लिए। तुषार देशपाण्डेको नाममा २ विकेट रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement