कोविड़ सिक्किम: कोरोनाकाे २ नयाँ मामिला, २ जना भए कोरोनामुक्त

IMG-20230316-WA0282.jpg

गान्तोक:  राज्यमा कोरोनाको नयॉं मामिला बढ्ने क्रम जारी छ।यसै क्रममा आज राज्यमा २ जना कोरोना संक्रमित रोगी फेला परेको र २ जना उपचाराधीन राेगी कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएकाे स्वास्थ्य विभागले जानकारी गराएको छ।

राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टअनुसार हिजाे माेठ ९३ जनाको नमूना जॉंच गरिएको थियो, जसमा गान्तोक जिल्लाबाट २ जनामा संक्रमण पाइयो।

हाल राज्यमा २० कोरोना रोगी उपचाराधीन छन्। आज राज्यको दैनिक संक्रमण दर २ प्रतिशत र साप्ताहिक संक्रमण दर ४.६ प्रतिशत रेकर्ड रेकर्ड गरिएको छ।

कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३६२ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ५८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

About Author

Advertisement