कालचिनी: आज कालचिनी खण्डको दक्षीण साताली बस्ती स्थित कृषि बजारमा सम्पन्न दैलोमा सरकार शिविरमा कालचिनी सहकृषि विभागको पक्षबाट प्रायः १०० किसान परिवारलाई उन्नत मानको धानको बीज वितरण गरिएको जानकारी कालचिनी सहकृषि अधिकारी प्रबोद कुमार मण्डलले दिएका छन्। उक्त शिविरमा कृषि अधिकारीलगायत कालचिनी ब्लक प्रशासनको अन्यान्य अधिकारीहरुको उपस्थिति रहेको थियो। सहकृषि अधिकारी प्रबोद कुमार मण्डलले आगामी दिनमा ५०० किसान परिवारलाई यो उन्नत गुणको धानको बीज वितरण गरिने जनाएका छन्।









