गान्तोक। वैश्य समाजलाई अझ संगठित बन्न सिक्किमका राज्यपाल गङ्गा प्रसादले आह्वान गर्दै अब कसैसित डराउने र सङ्कोच गर्ने समय नरहेको बताएका छन्। राज्यपाल प्रसाद आइतवार नयाँ दिल्लीको तालकटोरा स्टेडियममा अखिल भारतीय वैश्य महासम्मेलनद्वारा आयोजित विराट वैश्य प्रतिनिधि सम्मेलनमा मुख्य अतिथिको रूपमा बोल्दै थिए।
तिनले अझ भने, खुलेर, भनेर, जनाएर अनि हल्ला गर्दै आफ्नो राजनीतिक निष्ठालाई प्रदर्शित गर्नुपर्छ, तब मात्र हाम्रो कुरालाई सुनिनेछ भनी बताएका छन्। राज्यपालले भने, समाज निर्माणमा वैश्य समाजको भूमिका महत्वपूर्ण छ, तर राजनीतिक रूपमा हामी पछाडिएका छौ। यसको एकमात्र कारण आफ्नो राजनीतिक निष्ठा जाहिर गर्नुमा हाम्रो हिचकिचाहट हो। वैश्य समाजले यो हिचकिचाहटलाई समाप्त गर्नुपर्छ। राजनीतिक रूपमा सशक्त नभएसम्म समाजको मद्दत गर्न सक्ने छैनौ। यसका लागि सबैले मतभेदहरूलाई भूलेर एकजुट हुनुपर्छ। भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा चिनिन्छ। जनतंत्रमा जनताको महत्त्व सर्वोच्च हुन्छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले समाजका युवाहरू र महिलाहरूलाई आफ्नो क्षेत्रमा प्रयत्नशील रहन अनुरोध गरे। उनले मेक इन इण्डिया, स्टार्ट अप इण्डिया जस्ता महत्वपूर्ण सरकारी योजनाहरूसॅंग जोडिन सुझाउ पनि दिए। उनले अझ भने, वैश्य समाजका मानिसहरूको खूनमै व्यापार छ। युवाहरू आत्मनिर्भर बनुन्, नोकरीको पछाडी कुद्नुको साटो नोकरी प्रदान गर्न योग्य बनुन् र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान प्रदान गरुन्।
राज्यपाल प्रसादले वैश्य समाजको योगदानलाई अतुल्यनीय बताउॅंदै भने, पहाडी क्षेत्र जहॉं बुनियादी सुविधाहरू छैनन्, त्यहॉं पनि वैश्य समाजका मानिसहरूले गाउॅं गाउॅं गएर मानिसहरूको आवश्यकताहरूलाई पूरा गरेका छन्। उनले दाबी गर्दै भने, प्रत्येक क्षेत्रमा वैश्य समाजका मानिसहरूका कारण सिक्किमवासीहरूको जीवन सरल अनि सुगम बनेको छ। उनले वैश्य समाजलाई जति सबल मानिन्छ, त्यति छैन, ८० प्रतिशत मानिसहरू सामान्य र गरीब छन् भनी बताए। उनले यस सम्मेलनको उद्देश्य सबै वैश्य समाजको एकतालाई देखाउनु र सबैलाई एकसाथ ल्याउन काम गर्ने हुनुपर्छ भनी बताए।