वान ऱ्याङ्क वान पेन्शनमा न्यायोचित संशोधनको माग

one-rank-one-pension-explained.jpeg.jpg

गान्तोक: सिक्किमका पूर्व सैनिकहरूले राज्यका जिल्लापालहरूको माध्यमद्वारा वान ऱ्याङ्क वान पेन्शनको सन्दर्भमा देशका राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई ज्ञापन पत्र प्रेषित गरेका छन्। पूर्व सैनिकहरूले आज राज्यका छवटै जिल्लाका जिल्लापालहरूसॅंग भेट गरेर ज्ञापन पत्र सुम्पिए।
ज्ञापन पत्रमा पूर्व सैनिकहरूले वान ऱ्याङ्क वान पेन्शनलाई लिएर नयॉं दिल्लीको जन्तर मन्तरमा जारी प्रदर्शनप्रति समर्थन जनाएका छन्। पूर्व सैनिकहरूले सबै ऱ्याङ्क मानद कप्तानसम्म उपेक्षा गरिएको महसूस गरेको बताएका छन्। वान ऱ्याङ्क वान पेन्शनमा वीर नारीहरू र विकलाङगहरूको पेन्शन अझ उपेक्षा गरिएको बताइएको छ। एक्स-सर्विसमेन एसोसिएशन अफ् सिक्किमका सदस्यहरूले प्रदर्शनप्रति ऐक्यबद्धता व्यक्त गर्दै पेन्शनमा न्यायोचित संशोधनको माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement