सत्यम छेत्रीले एशिया वर्ल्ड मोडल युनाइटेड नेशन्स अफलाइन सम्मेलनमा भाग लिने

main-logo.png

गान्तोकः इक्फाई विश्वविद्यालय सिक्किमका विद्यार्थी सत्यम छेत्रीले बेङ्गककमा आयोजन हुन लागिरहेको एशिया वर्ल्ड मोडल युनाइटेड नेशन्स अफलाइन सम्मेलनमा भारतको प्रतिनिधिको रूपमा भाग लिने अवसर पाएका छन्। उक्त सम्मेलन आगामी २७-३० मई, २०२३ मा प्रस्तावित रहेको जानकारी विश्वविद्यालयले प्रेस विज्ञप्तिमा जानकारी गराएको छ।
उक्त सम्मेलनको निम्ति सिक्किमबाट अन्य तीन प्रतिनिधि पनि चयनित बनेको बताइएको छ। सम्मेलनमा अन्तरराष्ट्रिय प्रतिनिधिहरूको उपस्थिति रहनेछन्। सम्मेलनले सिक्ने अवसर प्रदान गर्ने, बहुमूल्य अनुभव र सीपहरू प्रदान गर्नेछ जसले विश्वविद्यालय र सिक्किमलाई फाइदा पुग्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement