मिरिकमा पिउने पानी लिएर हाम्रो पार्टीको गुनासो

00-1-IMG-20230403-WA0200

दार्जीलिङ: मिरिकका बासिन्दाहरू दुषित पानी पिउन बाध्य भएको आरोप हाम्रो पार्टीका  कार्यकर्ता लाडुप घिसिङले लगाएका छन्। हाम्रो पार्टीको प्रतिनिधि टोलीले आज मिरिक नगरपालिकाको वार्ड नम्बर १, ८ र  ९ को केन्द्रमा रहेको धोम्बे कुवाको भ्रमण गर्यो। सो अवसरमा  पाँच लिटर पानीको निम्ति स्थानीय वार्डहरूका बासिन्दाहरू पूरा दिन लगाएर आफ्नो पालो पर्खेर बस्नुपरेको आफूहरूले देखेको हाम्रो पार्टीका  कार्यकर्ता घिसिङले बताएका छन्। कुवाबाट निकालेको पानी फोहोर  हुने गरेकोले स्थानीय वार्डवासीहरूले चाल्नीमा चालेर पानीका भाँडाहरुमा  भर्ने गरेको आफ्नै आखाँ देखेको घिसिङले बताए। उनले भने, ‘पानी भर्न आएका स्थानीय वार्डवासीहरूसँगको कुराकानीमा कुवाको पानी फोहोर भएकोले चाल्नीमा चालेर भाँडामा भर्नेगरेको उनको भनाइ छl लाडुप घिसिङले बताएअनुसार यस क्षेत्रका वार्डहरूलाई मिरिक नगरपालिकाको  अवस्था कुनै पनि सरकारी निकायको पक्षमा आजसम्म कुनै प्रकारको सहयोग प्राप्त नभएको स्थानीय वार्डवासीहरूको भनाइ छ।उनले भने, ‘यस क्षेत्रका  झोडाहरूको अवस्था समेत अति नै सोचनीय रहेको छl बर्खायाम शुरू हुनअघि नै यी झोडाहरूको अवस्थाको सुधार  गरिनु अति नै जरूरी छl  यदि वर्खायाम अघि नै यी झोडाहरू मरम्मत नभए पैह्रो आदि जस्ता दुर्घटनाहरू घटनसक्ने आशंका रहेको छl’ लाडुप घिसिङले केन्द्रको घर जल योजनामा भष्ट्राचारको आरोप लागेका छन्l

About Author

Advertisement