चलचित्र कबड्डी-४ को रिलिज हुन नदिन अल ईण्डिया बुद्धिष्ट फोरम अनि सिक्किम लामा एशोशिएसनमाझ भर्चुअल सभा

IMG-20220607-WA0133.jpg

गान्तोक। आज अल ईण्डिया बुद्धिष्ट फोरमको तत्वधानमा सिक्किम लामा एशोसिएसनमाझ एक भर्चुअल सभा बस्यो। सभाको मुख्य एजेन्डा बौद्ध भिक्षु फुर्बा लामा, तामाङ अनि नेपाली चलचित्र कबड्डी-४ कि नायिका मेरूना मंगर बिचको बिवाद बिषय रहेको थियो।
अल ईण्डिया बुद्धिष्ट फोरम महासचिव आकाश लामाले जानकारी गराए अनुसार भर्चुअल सभाको गहन छलफल पश्चात् सिक्किम लामा एशोसिएसन लगायत भारतका बृहत बौद्ध संगठनलाई उक्त बौद्ध भिक्षु माथि गरिएको अमानवीय ब्यवहारले सार्है ठूलो आघात पुगेको महसुस गरियो साथै यस बिषयमाथि गहन छलफल गर्दै संयुक्त निर्णय लिइयो कि -जबसम्म कानुनी आधारमा उक्त विवाद न्यायसंगत रूपमा साम्य पारिन्दैन, तबसम्म उक्त फिल्म रिलिज हुन नदिनु को निम्ति सिक्किमका मूख्यमन्त्रीलाई पत्राचार एवं ई-मेल पठाईने निर्णय लिइयो। साथ साथै सिक्किम लामा संगठन द्वारा निर्णय लिएअनुसार आगमी क्रमैले १५ जून को दिन गान्तोक अनि १७ जून नाम्ची, सिक्किममा रिलिज हुन गईरहेको उक्त चलचित्रलाई प्रदर्शनी हुन रोक लगाउन मुख्यमन्त्री, सिक्किम लगायत सांस्कृतिक मन्त्री सिक्किम सरकारलाई पत्राचार साथै ई-मेल पठाईने निर्णय लिएको छ। अल ईण्डिया बुद्धिष्ट फोरम अनि सिक्किम लामा एशोशिएसन को संयुक्त आयोजनामा एक प्रेस रिलिज जारी गर्दै यस काण्डको बिरोधमा आवाज उठाउने भएको जानकारी फोरम प्रचारप्रसार सचिव सुरेन पाखरिनले लिखित जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement