कालचिनीः जयगाउँ श्री जैन श्वेताम्बर तेरापन्थीको आयोजनामा सोमबार धुमधामसित २४औँ तीर्थङ्कर महावीर स्वामीको २६२२औँ जन्म जयन्ती पालन गरीयो। यस उपलक्ष्यमा सोमबार तेरापन्थ जैन साध्वी स्वर्ण रेखा आफ्नो सहवर्तिनी साध्वीहरूसित उपस्थित रहेका थिए।
जयगाउँ श्री तेरापन्थी जैन श्वेताम्बर सभाका अध्यक्ष गणेश सरावगीले बड़ो धुमधामसित महावीर स्वामीको जन्म जयन्ती पालन गरीएको बताउँदै सोमबार विहान यस उपलक्ष्यमा जयगाउँ सहरमा प्रभातफेरी निकालिएको बताए। कार्यक्रममा छिमेकी राष्ट्र फुन्छोलिङ भोटाङका एसडीओ डासो जुर्मी, फुन्छोलिङ नगरपालिका चेयरम्यान डासो उत्तम कुमार राई, भारतीय दुतावासका सचिव अंकिता जैन एवम् अन्यान्य अधिकारीको उपस्थिति रहेको थियो भने महावीर स्वामीको जीवनी लगायत अध्यात्मिक कार्यक्रम सम्पन्न भएको गणेश सरावगीले थप जनाएका छन्।