प्रीमियर लीगः म्यानचेष्टर सिटीको ड्र-ले रोमाञ्चक बन्यो च्याम्पियन बन्ने रेस

photocollage_2022516115347277.jpg

१६ मईः ईंग्लिश प्रीमियर लीग (ईपीएल)-को जारी सीजनमा च्याम्पियन बन्ने होड़ चरम रोमाञ्चक मोड़मा पुगेको छ। आइतवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटी र वेष्ट ह्यामबीचको म्याच २-२-ले ड्र हुँदा दोस्रो स्थानमा रहने लिभरपूललाई फाइदा भयो। यसबीच टोटनह्याम हट्स्पर र लिस्टर सिटी चाहिँ आ-आफ्नो म्याच जित्न सफल भयो। वेष्ट ह्यामको होम ग्राउण्डमा ७९ प्रतिशत पोजेशनको साथ खेले पनि म्यानचेष्टर सिटी एक समय त २ गोलले पछि रहेको थियो। विंगर जेरोड बोवेनले पहिला २४औं अनि पछिबाट ४५औं मिनटमा लगातार २ गोलको साथ होम टीमलाई मध्यान्तरअघि नै २-०-को बढ़त दिलाए। यसरी पहिलो हाफमा २ गोलले पछाड़िने म्यानचेष्टर सिटीले मध्यान्तरपछि आफ्नो जात चिनायो। ज्याक ग्रेलिसले ४९औं मिनटमा सिटीलाई पहिलो गोल दिलाए। त्यसपछि वेष्ट ह्यामका डिफेण्डर भ्लादिमिर कोफलले ६९औं मिनटमा आत्मघाती गोल गर्दा म्यानचेष्टर सिटी २-२-ले म्याच ड्र गर्न सफल भयो। यस ड्र पछि पनि सिटी ३७ वटा म्याचमा ९० पोइण्टको साथ शीर्ष स्थानमा कायम रह्यो तर लिभरपूलसँग आउँदो म्याचमा साउथम्प्टन विरुद्ध जीत हासिल गरी सिटीको नजिक पुग्ने मौका रहने। लिभरपूल अहिले ३६ वटा म्याचमा ८६ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। यसबीच सिटीलाई चेपारोमा पार्ने वेष्ट ह्याम चाहिँ ३७ वटा म्याचमा ५६ पोइण्टको साथ सातौं स्थानमा कायम रह्यो।
यसबीच टोटनह्यामले चाहिँ बर्नले विरुद्ध १-०-ले जीतको साथ च्याम्पियन्स लीगको आउँदो सत्रमा स्थान बनाउने सम्भावनालाई जीवित राख्यो। आफ्नो होम ग्राउण्डमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामले म्याचको एकमात्र गोल हासिल गर्न पनि निक्कै मेहनत गर्नु पऱ्यो। स्टार स्ट्राईकर ह्यारी केनले मध्यान्तरअघि स्टपेज टाइमको आठौं मिनटमा पेनल्टीबाट गोल गरी होम टीमलाई जीत दिलाए। यस जीतपछि टोटनह्याम शीर्ष चारको होड़मा आफ्नो नजिकको प्रतिद्वन्द्वी आर्सनल (३६ वटा म्याचमा ६६ पोइण्ट)-लाई पछि छोड़ेर प्रीमियर लीग टेबलमा चौथो स्थानमा पुग्यो। टोटनह्यामसँग अहिले ३७ वटा म्याचपछि ६८ पोइण्ट रहेको छ। यसरी नै लिस्टर सिटीले वाटफोर्ड विरुद्ध ५-१-ले सजिलै जीत हासिल गऱ्यो। पूर्व विजेता लिस्टर सिटीबाट जेमी वार्डी (२२औं र ७०औं मिनट) र हार्वे बार्न्स (४६औं र ८६औं मिनट)-ले २-२ गोल गरे। यसबाहेक एक गोल जेम्स मेडिसनले १८औं मिनटमा छिराए। वाटफोर्डबाट एकमात्र गोल जोआओ पेड्रोले छैटौं मिनटमा दर्ता गरे। यस जीतको साथै लिस्टर ३६ वटा म्याचमा ४८ पोइण्टको साथ गोल अन्तरको आधारमा नवौं स्थानमा पुग्यो। प्रीमियर लीगका अन्य म्याचहरूमा ब्रेण्टफोर्डले एभर्टनलाई ३-२-ले उलटफेरको शिकार बनायो भने वूल्भ्स र नर्विच सिटी, एस्टन भिल्ला र क्रिस्टल प्यालेस तथा लीड्स युनाइटेड र ब्राइटनबीचको म्याच चाहिँ १-१-को समान अन्तरले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement