दार्जिलिङ: दार्जिलिङस्थित राजभवनमा वरिष्ठ राजनीतिज्ञ, पूर्व राज्यसभा र लोकसभा सांसद तथा क्रामाकपा परामर्श समितिका अध्यक्ष आरबी राईको अगुवाईमा क्रामाकपाको चार सदस्यीय टोलीमा राज्यको राज्यपाल सीभी आनन्द बोससित भेटघाट गरेका छन्। उक्त चार सदस्यीय टोलीमा क्रमैले अध्यक्ष आरबी राई, केन्द्रीय प्रवक्ता अरुण घतानी, केन्द्रीय उप सचिव शेखर छेत्री, ट्रेड युनियन नेता सुनिल राईद्वारा पश्चिम बंगालका राज्यपाल सीभी आनन्द बोससित एक सौजन्यमूलक भेट गरेका छन्। राज्यपालको पश्चिम बंगालमा पदार्पणपछि दार्जीलिङ्गमा पहिलो भ्रमण रहेको हुँदा क्रामाकपा टोलीद्वारा सम्पूर्ण पहाडवासीको पक्षमा न्यानो स्वागत अभिवादन गरेका छन्। परिचय दिएपछि आरबी राईले वार्तालापको भाषाबारे राज्यपाललाई सोद्धा हिन्दी अथवा अंग्रेजी भनेपछि उनको उपजाति (Surname) बोसबारे सोद्धा खूबै रोचक कुरा राज्यपालले बताए। उनको पिता स्वतन्त्रता सेनानी थिए। उनी केरल राज्यका केरलीयन। भारतका स्वतन्त्र सेनानी उनका पिता नेताजी सुबास चन्द्र बोसका सशक्त अनुयायी भएको हुँदा आफ्नो उपजात नायर हटाएर बोस राख्नु भएपछि उनका दाजु दिदीले पनि बोस टाइटल लिएका र उनले पनि लिएको कुरा बताए। भारतीय स्वतन्त्रता संग्रामका समाजवादी नेता सुबास चन्द्र बोसका टाइटल धारण गर्ने महान राष्ट्र भक्त परिवारका अत्यन्तै सालिन स्वभावका पूर्व आईएएस अधिकारी रहेका राज्यपालसित खूबै सौहार्दपूर्ण वातावरणमा करिब २५ मिनट चर्चा गरिएको बताइएको छ। आरबी राईले उनलाई बंगालले गोर्खा जातिमाथि गरेको राजनैतिक, आर्थिक, जातीय दोहन र बञ्चना औ राजनैतिक सुरक्षा र राष्ट्रिय चिन्हारी (परिचय) बारे जानकारी गराएका थिए। लाखौं रूपियाँ प्रतिकेजी मूल्यको चिया उत्पादन गर्ने दार्जिलिङका चिया मजदुरहरूको दैनिक रोज सर्वनिम्न छ। युगौंदेखि बसी आएको जमीनको पर्जा पट्टा छैन। बंगालसित भाषा, साहित्य, संस्कृति भेषभूषा नमिल्ने बंगालमा दमनको शिकार भएको वर्षौ भयो यसबाट मुक्त गराउन २०१९ को लोकसभा चुनावमा गोर्खा जातिलाई बंगालबाट मुक्त गराउन स्थायी राजनैतिक समाधान र छुटेको जाति गोष्ठीलाई जनजातिको दर्जा दिने संकल्प पत्रमा उल्लेखित मुद्दाहरू चाडो समाधान गराउने दिशामा पहल गरिदिने अनुरोध गरेको जानकारी प्राप्त भएको छ।राज्यपालले यस विषयमा विस्तारित चर्चा गर्न कोलकाता आउने निम्तो पनि दिएको साथै उनलाई गोर्खा समस्यामाथि दार्जिलिङका सासंद राजु विष्टले पनि धेरै कुरा बताएको जानकारी प्राप्त भएको छ।