सिलगढी: खोरीबारी ग्रामीण अस्पतालको नामको बोर्ड दोकान र तिनीहरूको प्लास्टिकले छोपिएको छ। जसका कारण अस्पतालमा आउने बिरामीले बोर्ड नदेख्दा समस्यामा परेका छन्। अस्पतालको प्रवेशद्वारको दुबै छेउमा लामो समयदेखि केही निजी औषधि दोकान सञ्चालनमा रहेका छन्। ती दोकानका छाता र प्लास्टिकको तारपालले अस्पतालको बोर्ड छोपिएका छन्। यता, सडकको छेउमा अस्पताल जाने बाटो देखाउने निसानी विभागले उल्टो राखेका कारण बिरामी र उनका आफन्त मर्कामा परेका छन्। यस सम्बन्धमा अस्पताल आएका बिरामीका आफन्त चित्तरञ्जन सरकारले दोकानबाट अस्पतालको गेट देख्न नसक्दा समस्यामा परेको बताए। कहिलेकाहीँ बाहिरबाट कसैले अस्पताल खोज्दा समस्याको सामना गर्नुपर्ने हुन्छ। यद्यपि यस विषयमा दोकानेहरू मुख खोल्न चाहँदैनन्। खोरीबारी अस्पतालका बिएमएच डा. सफिउल आलमले दोकानलाई पटकपटक प्लास्टिक हटाउन आग्रह गरेपनि कसैले नसुनेको बताए।