दार्जिलिङ: भारतीय जनता पार्टी दार्जिलिंग जिल्ला समितिद्वारा बंगालको राज्यपाल सीभी आनन्दा बोससित दार्जिलिङमा भेटघाट गरेका छन्। भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानको नेतृत्वमा जिल्ला समिति उपाध्यक्ष एलएम लामा, महासचिव सञ्जय विष्ट, सचिव राजु थुलुग राई, पीसी थापा गरी पाँचजनाको टोली पश्चिम बंगाल राज्यका राज्यपाल सीभी आनन्द बोसलाई राजभवनमा भेटघाट गरेका छन्।
बीस मिनटभन्दा बढी मात्रमा चलेको वार्तालाप गम्भीर एवं महत्वपूर्ण रहेको बताइएको छ। हाल पहाड़मा भएको राजनैतिक उतार चढाव साथै पहाड़वासीको एकमात्र भरोसा अनि आशा केन्द सरकार साथै पहाडमा बीजेपीप्रति आशा रहेको प्रतिनिधि टोलीले राज्यपाललाई बताएको जानकारी प्राप्त भएको छ। उक्त भेटमा जनजाति बसोबासो गरेको वैधानिक रुपले आंशिक वर्जित क्षेत्र भएको हुनाले राज्यपालको संवैधानिक विशेष अधिकार रहेकोले यो क्षेत्रको प्राकृतिक संसाधन विशेष रहेकोले जनजातिको मानव अधिकारको सुरक्षा हेतु जमीनको हस्तान्तरण विषय राज्य सरकारको नीतिप्रति राज्यपालको अभिलम्ब हस्तक्षेप हुनुपर्छ भन्ने कुरा देवानले राखेका थिए।

गोर्खा जातिको दुई मुख्य मुद्दा भारतीय जनता पार्टीको संकल्प पत्रमा रहेको हुनाले केन्द्र सरकारप्रति पूर्ण भरोसा रहेको पहाड तराई डुवर्सवासी साथै भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला रहेको छन् भन्ने कुरा राखे साथै यस विषयमा राज्यपाललाई धेरै अघिनै ज्ञात रहेको उनले बताए। फलस्वरूप यस भेटघाट अति नै फलदायक र गोर्खा जातिप्रति निष्पट अन्धकारपछिको मिरमिरे घाम लागेको मान्न सकिन्छ भनी देवानले बताएका छन्। अन्त्यमा राज्यपालले चाढै अर्को भेटघाट कलकत्तामा हुने थप कुरा गरेका छन् जानकारी गराइएको छ।