निर्दलीय प्रार्थी सन्तकिशोर गुरुङद्वारा पेम्बा रिम्पोर्छेको पक्षमा गरे भोट दिने आहवान

SK-Gurung

खरसाङ: जीटीए चुनावमा खरसाङको २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेका सन्तकिशोर गुरुङ मङ्गलबार आशिर्वाद लिनलाई पेम्बा रिम्पोर्छे समक्ष पुगेका थिए। उनले पेम्बा रिम्पोर्छेबाट आशिर्वाद लिएर चुनाव प्रचारमा लाग्ने जानकारी प्राप्त भएको छ। त्यसरी नै उनले २८ नम्बर खरसाङ देवराली समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा पेम्बा रिम्पोर्छेले पनि चुनाव लडिरहेका छन्। त्यसैले २९ नम्बर समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेको सन्तकिशोर गुरुङले २८ नम्बर समष्टिबाट चुनाव लडिरहेका प्रार्थी पेम्बा रिम्पोर्छेलाई भोट दिने अपिल गरेका छन्। उनले धर्म गुरु पेम्बा रिम्पोर्छेले धेरै सामाजिक कार्यहरू गर्दै आईरहेको र अब सभासद बनेर पनि जनताको सेवा गर्ने सोच बनाएको कारणले गर्दा २८ नम्बर समष्टि खरसाङ देवराली समष्टिका सबै जनताले निर्दलीय प्रार्थी पेम्बा रिम्पोर्छेलाई भोट गरिदिने अपिल पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement