सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान राजेस चौहानले कलेज भेल्ली चियाबारीमा भर्खरै निर्माण भएको रोडको उदघाटन गरेका छन्। उनले रंगबुल धोतरिया रंगमुक समष्टिको बीच गाउँमा सार्वजनिक भवनको मरमत्तिको कार्य पूरा भएपछि उक्त सार्वजनिक भवनको पनि उदघाटन गरेका छन्। जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले एमओडी सभासद नुरी शेर्पा, जोरबंगलो सुखिया पोखरी खण्डको खण्ड विकास अधिकारी समिरन इस्लाम, विभिन्न समाज र क्लबहरूका पदाधिकारीहरूका विशेष उपस्थितिमा उदघाटन गरेका छन्। राजेस चौहानले यस अवसरमा बोल्दै रंगबुल धोतरिया रंगमुक समष्टिको विभिन्न क्षेत्रहरूमा विकासको कार्यहरू लगातार रूपमा भईरहेको छ अनि कतिवटा कार्यहरू प्रोसेसमा रहेको बताएका छन्। उनले समष्टीको मुण्डा चियाबारीको धोतरिया, बालासन, गोटखरका, मुन्सी गाउँ अनि रंगमुक सिडर्स चियाबारीको चन्द्रमानधुरातिर पनि विकासका कार्यहरू भईरहेको बताएका छन्। उनले स्थानीय मानिसहरूलाई हरेक कार्यको गुणवक्ता हेर्ने र राम्रो काम भएको रेखदेख गर्ने आह्वान् पनि गरेका छन्।