दार्जिलिङ प्रेस गिल्डको पत्रकारहरूका टोलीद्वारा राज्यपाल डा सीभी आनन्द बोससित भेटघाट

IMG-20230403-WA0216.jpg

दार्जिलिङ: दार्जिलिङ प्रेस गिल्डको पत्रकारहरूले पश्चिम बंगालको राज्यपाल डा सीभी आनन्द बोससित सौहार्दपूर्ण भेटघाट गरेका छन्। दार्जिलिङ प्रेस गिल्डको सभापति पत्रकार दिप गजमेर र सचिव बिनय शंकरको अगुवाईमा रहेको पत्रकारहरूका टोलीले राज्यपालसित भेटघाट गरेका छन्। प्रेस गिल्डको तर्फबाट राज्यपाललाई स्मृति चिन्ह पनि सम्मानसहित प्रदान गरिएको थियो। उक्त भेटघाटमा राज्यपाल सीभी आनन्द बोसले दार्जीलिङ प्रेस गिल्डका सदस्यहरूसित भेट गरी हर्ष व्यक्त गरेका छन्। राजभवनमा भएको यस भेटघाटको क्रमबीचै राज्यपालले प्रेस गणतन्त्रको चौथो स्तम्भ हो भन्ने बताउँदै प्रेसले स्वतन्त्र अनि बलियो बनेर कार्य गर्नुपर्ने सुझाउ दिए। मीडिया समाजको ऐना हो, यसैले दार्जीलिङ प्रेस गिल्डले सत्य, गणतन्त्र संरक्षणका लागि कार्य गर्ने उनले आशा व्यक्त गरे।

दार्जीलिङ प्रेस गिल्डका सदस्यहरूले एकवद्ध बनेर कार्य गर्नेछन्, जसको माध्यमबाट गिल्ड आफ्नो लक्ष्यमा सफल बन्ने आशा गरिएको पनि उनले प्रेस गिल्डलाई दिएको आफ्नो सन्देश पत्रमा लेखेका छन्। उनले आफू राज्यका राज्यपालको हैसियतले दार्जीलिङमा भइरहेको जी-२०-को बैठकमा भाग लिन आएको बताउँदै जी-२०-को बैठक देशकै लागि ठूलो कुरा रहेको पनि जनाएका छन्। यस सम्बन्धमा दार्जीलिङ प्रेस गिल्डका सचिव विनय शङ्करले खुशी व्यक्त गर्दै गिल्डको तर्फबाट राज्यपाललाई सम्बर्द्धना पनि जनाइएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement