सोनादा: सोनादा पचेंग समष्टि अन्तर्गत भालुटार गाउँ निवासी पेम्बा तामाङको भान्सा घरमा आगलागीमा जलेर नष्ट भएको थियो। उक्त घटनाको खबर पाएर सोनादा पचेङ्ग समष्टिको कार्यकारी सभासद अनोश कुमार थापालाई दिएपछि आज घरका अवश्यक सामानहरू लिएर पीडित दम्पतिलाई प्रदान गरेका छन्। पिँडीत दम्पतिले सभासद अनोश थापा अनि टोली साथै गाउँ बासीलाई कृत्यज्ञता प्रकट गरेका छन्। सभासद थापाको टोलीमा सोनादाह पच्चेङ्ग समष्टि सभापति सोनाम लामा, महासचिव सुकदेव राई, संगाठिक सचिव दावा भोटिया, खरसाङ महकुमाको प्रचार प्रसार सचिव बसन्त कुलुङ राई, भुतपूर्व सैनिक सदस्य लगायत स्थानीय प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

सोनादा पचेंग समष्टि अन्तर्गत भालुटार गाउँ निवासी पेम्बा तामाङको भान्सा घरमा गत १ अप्रेलको राती अचानक आगलागी भएर नष्ट भएको थियो। उक्त आगोको चपेटमा परेर घरको सर-सामानहरू जलेर स्वाहा भएका थिए। गाउँलेहरूको सहयोगमा आगोलाई नियन्त्रणमा लिएर पेम्बा तामाङको ठूलो घर अनि छिमेकीको घरलाई वचाउन सफल भएका थिए।