पथश्री आयोजनाको सडक निर्माणकार्य स्थानीयले रोके

e08e5cf6-df14-4209-873f-b20762ec75db

सिलगढी: सिलगढी शहरको छेउमा रहेको डाबग्राम फुलबारी विधानसभाको दक्षिण शान्तिनगर क्षेत्रमा पथश्री परियोजनाको सडक निर्माणकार्य स्थानीयवासीले रोकेका छन्। पक्की सडक मात्र बन्ने थाहा पाएपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन्।वर्षायाममा पुरै क्षेत्र जलमग्न हुने स्थानीयको गुनासो छ। ढल निकासको व्यवस्था नहुँदा उनीहरूले निरन्तर समस्या भोग्नु परिरहेको छ। २० फिटको सडकसहित दुवैतर्फ नाली निर्माण गर्नुपर्ने उनीहरूको मांग छ। स्थानीयवासीको आक्रोश देखेर ठेकेदार त्यहाँबाट गए। अर्कोतर्फ यस सडकको निर्माण सम्बन्धी निरीक्षण गर्नजाँदा सरकारी खातामा कच्ची सडक मर्मत गर्ने अनुमति दिइएको पाए। यसबारे डबग्राम-२ क्षेत्रका विपक्षी दलका नेता रञ्जित रायले आवाज उठाएका छन्। उनले, पञ्चायत चुनावलाई ध्यानमा राखेर सडक मर्मतको काम भइरहेको बताए। २० फिटको सट्टा १० फिट सडक मर्मत गरियो भने केही दिनमै भत्किने र खाडल बन्ने उनले शंका जाहेर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement