उत्तर बङ्गालको बन-जङ्गल बचाउँन विधायकको आवाज

74ee8ad1-1c3a-4baa-b539-14beeff16278

सिलगढी: सिलगढीका बीजेपी विधायक शङ्कर घोषले उत्तर बङ्गालको बन-जङ्गल बचाउन आवाज उठाएका छन्। विधायकले सोमबार सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गरेर यी कुराहरू भनेका हुन्। विधायकले भने कि उनी सामूहिक रूपमा भाजपाको तर्फबाट कोलकताको ग्रीन ट्राब्यूनलमा उजुरी दिनेछन् किनकी राज्य सरकारले उत्तर बङ्गालको हरियालीलाई लगातार नष्ट गरिरहेको छ। उत्तर बङ्गालको लाटागढी जङ्गलमा पर्यटनका लागि टाउनशिप निर्माण भइरहेको विधायकले बताए। जसका कारण प्राकृतिक रुपमा हरियाली नष्ट हुँदै गएको छ। फरवरीमा मुख्यमन्त्रीलाई पत्र पठाइएको थियो, तर विधायकले अझै जवाफ पाएका छैनन्। आजको पत्रकार सम्मेलनमा विधायकले छिट्टै लाटागढी वन विनाशको विरुद्धमा उभिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement